श्री षडानन्द बहुमुखी क्याम्पसको दोस्रो वार्षिक क्याम्पस सभा सम्पन्न
मिति २०८३ आश्विन २३ गतेका दिन यस क्याम्पसका क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष श्री ज्ञानेन्द्र कार्की ज्युको अध्यक्षतामा क्याम्पससको दोस्रो वार्षिक क्याम्पस सभा सम्पन्न भएको छ । सभामा प्रमुख अतिथि षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्र कुमार उदास हुनुन्थ्यो । सभाले क्याम्पसको बार्षिक प्रतिवेदन, आ.व.०८१-८२ लेखापरीक्षण प्रतिवेदन बार्षिक कार्यक्रम तथा बजेट पारित गरेको थियो ।